नेपाल ‘ए’ ले ३ रनको रोमाञ्चक जित निकाल्दै श्रृंखलाको सुखद् अन्त्य गर्यो | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८०, मंगलबार

नेपाल ‘ए’ ले ३ रनको रोमाञ्चक जित निकाल्दै श्रृंखलाको सुखद् अन्त्य गर्यो

काठमाडौं,२० चैत्र । रोमाञ्चकपूर्ण खेलमा नेपाल ‘ए’ ले सोमवार आयरल्याण्ड ‘ए’ माथि साँघुरो जित निकाल्दै तीन खेलको श्रृंखलाको सुखद् अन्त्य गरेको छ । घरेलु मैदानमा नेपालले पहिलो दुई खेल गुमाएको थियो । तर अन्तिम तथा तेस्रो खेलमा भने नेपाल ‘ए’ ले ३ रनको रोमाञ्चक जित निकाल्दै श्रृंखलाको सुखद् अन्त्य ग¥यो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २१४ रनको विशाल लक्ष्य पछ्याएको पाहुना टोली निर्धारित ओभरमा सात विकेट गुमाउँदै २१० रन मात्र बनाउन सफल भयो । उत्कृष्ट ब्याटिङ गरेको नेपालले बलिङमा लय गुमाउँदा हार संघारमा पुगेको थियो । अन्तिम ओभरमा आयरल्याण्ड ‘ए’ लाई जितका लागि २० रन आवश्यक थियो ।

तर डेथ ओभर बलिङ गर्न आएका रासिद खानले १६ रन मात्र दिए । आक्रामक ब्याटिङ गरिरहेका फिओन हाण्ड २२ रनमा यो ओभरको पाँचौं बलमा आउट भए र रासिदको आत्मबल बढ्यो । त्यससँगै अन्तिम बलमा पाहुना टोलीलाई चार रन आवश्यक हुँदा १ रन मात्र जोड्न सफल भयो । पाहुना टोलीका लागि मोर्गान टोपिङले ६० रन र ग्यारेथ डेलेनीले ६८ रन जोडे । पहिलो १० ओभर सकिँदा आयरल्यान्ड ‘ए’ ७८÷४ को अवस्थामा थियो । तर मोर्गान र ग्यारेथले पाँचौं विकेटका लागि १२९ रनको आक्रामक साझेदारी गर्दै जिततर्पm अग्रसर गराए ।

मार्गान १८ औं र डेलेनी १९ औं ओभरमा आउट भए । त्यसपछि हाण्डले ७ बलमा २२ रन जोड्दै जितको सम्भावना बनाए पनि सफल भएनन् । त्यसअघि आयरल्याण्डले पहिलो चार ओभरसम्म आक्रामक शुरुवात गरेको गर्दै ४० रन बटुल्यो । तर आठ रनको अन्तरमा तीन विकेट गुमाएपछि आयरल्याण्ड दबाबमा प¥यो । तथापि अन्तिम १० ओभरमा आक्रामक ब्याटिङ गर्दै पाहुना टोलीले जितको सम्भावना बनाएको हो । नेपालको बलिङमा विपिन खत्रीले तीन विकेट तथा कमलसिंह ऐरी, नारायण जोशी र रासिद खानले समान एक विकेट लिए ।

त्यसअघि पहिलो ब्याटिङ गरेको नेपालको लागि आरिफ सेखले उत्कृष्ट ब्याटिङ गरे । उनको प्रेरणामा नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रनको विशाल योगफल बनायो । खराब शुरुवात गरेको नेपालले छिट्टै तीन विकेट गुमाउन पुग्यो । तर पाँचौं नम्बरमा आएका आरिफले इनिङको अन्त्यसम्म ब्याटिङ गरे । उनले ४८ बलमा ९३ रन जोडे । उनको इनिङमा सात चौका र ६ छक्का प्रहार गरे । रासिदले २४ रन जोड्दा बसिर अहमद र कमलसिंहले समान १९ रन जोडेपछि नेपालको विशाल योगफल सम्भव भयो । नेपालले अतिरिक्त १९ रन पनि पायो ।

पाहुना टोलीको बलिङमा हान्डले दुई विकेट लिँदा लियाम म्याकर्थी, म्याथ्यु फोस्टर, ग्यारेथ र गाभिन होइले समान एक विकेट निकाले । नेपाल ‘ए’ र आयरल्याण्डबीच एकदिवसीय श्रृंखला बुधवारदेखि शुरु हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);