आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरको लगातार दोस्रो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरको लगातार दोस्रो जित

द ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरले लगातार दोस्रो जित निकालेको छ ।

बुधबार राति चेन्नईको एमए चिदंबरम स्टेडियममा भएको खेलमा सनराइजर्स हैदरावादलाई ६ रनले पराजित गर्दै बैंगलोरले लगातार दोस्रो जित निकालेको हो । बैंगलोरले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।

हैदरावादका लागि कप्तान डेभिड वार्नरले ५४ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टिमलाई जिताउन सकेनन् । यस्तै मनिस पाण्डेले ३८, राशिद खानले १७ तथा जोनी बेयर्स्टोले १२ रन जोडे । बैंगलोरका शाहबाज अहमेदले ३ तथा मोहमद सिराजले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । बैंगलोरका लागि ग्लेन म्याक्सवेलले ५९ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै कप्तान बिराट कोहलीले ३३, शाहबाज अहमेदले १४, देबदुत पडिकलले ११ तथा केली जेमिसनले १२ रन जोडे । हैदरावादका जासन होल्डरले ३, राहिद खानले २ तथा भुवनेश्वर कुमार, शाहबाज निदम र टी– नटराजनले एक÷एक विकेट लिए ।

जितसँगै बैंगलोर २ खेलमा ४ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । यता हैदरावादको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा हैदरावाद कोलकत्ता नाइट राइडर्ससँग १० रनले पराजित भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);