आइपीएलः सुपर ओभरमा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सलाई हरायो | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

आइपीएलः सुपर ओभरमा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सलाई हरायो

एजेन्सी, १३ असोज । रोयल च्यालेन्जर्स बैंगलोरले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ ।

दुबईको दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा सोमबार राति भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गर्दै बैंगलोरले दोस्रो जित निकालेको हो ।

बैंगलोरले दिएको २ सय २ रनको लक्ष्यसहित ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा मुम्बईले १ विकेट गुमाएर ७ रन बनायो । बैंगलोरले बिना विकेटको क्षति ११ रन बनायो ।

सुपर ओभर अघि मुम्बईका लागि इशान किशनले ९९ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै केइरन पोलार्डले अविजित रहदै ६० रन बनाए । कप्तान रोहित शर्मा ८ रनमा आउट हुँदा हार्दिक पाण्डयले १४ र क्विनटन डी कक १४ रनमा आउट भए ।

बैंगलोरका इशुरु उडानाले २ विकेट लिए । एडम जाम्पा, वासिंगटन सुन्दर र युजभेन्द्र चाहलले १÷१ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ३ विकेट गुमाएर २ सय १ रन बनाएको थियो ।

बैंगलोरका लागि एबी डी भिलियर्स, देवदत्त पाडीक्कल र आरोन फिन्चले अर्धशतकीय इनिङ्स खेले । डी भिलियर्सले अविजित रहदै ५५, पाडीक्कलले ५४ रन जोड्दा फिन्चले ५२ रन बनाए भने शिबम डुबे २७ रनमा अविजित रहे । कप्तान विराट कोहली ३ रनमा आउट भए । मुम्बईका ट्रेन्ट बोल्टले २ तथा राहुल चाहरले १ विकेट लिए ।

जितसँगै बैंगलोरले ३ खेलमा ४ अंक जोडेको छ । बैंगलोर तेस्रो स्थानमा उक्लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);