राखेपले प्रश्ताव नै नगरेको वा जानकारीमा नै नभएको शिर्षक बजेटमा समावेश भएर आउने गरेको राखेप) सदस्यसचिव टंकलाल घिसिङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

राखेपले प्रश्ताव नै नगरेको वा जानकारीमा नै नभएको शिर्षक बजेटमा समावेश भएर आउने गरेको राखेप) सदस्यसचिव टंकलाल घिसिङ

काठमाडौं,२० चैत राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुदको सरोकारवाला निकाय राखेपले प्रश्ताव नै नगरेको वा जानकारीमा नै नभएको शिर्षक बजेटमा समावेश भएर आउने गरेको बताउनुभएको छ ।

राखेपद्वारा मंगलवार आयोजित खेलकुदमा योजना र बजेट कस्तो ? भन्ने शिर्षकमा भएको अन्तरक्रिया कार्यक्रममा सदस्यसचिव घिसिङले उक्त दुःखेसो गर्नुभएको हो ।

राखेपले नबनाएको योजना, परिकल्पना, प्रश्ताव बजेटमा समावेश हुँदै आएको गलत प्राक्टिस सामना गर्नुपरेको सदस्यसचिव घिसिङको भोगाइ छ ।

खेलकुदमा यसैपनि थोरै बजेट हुने र त्यसमा पनि कार्यक्रमहरू गर्न आफ्नो नियन्त्रणमा हुने नगरेको बजेट आउनुले समस्या भइरहेको उहाँको बुझाइ छ । उहाँले खेलकुदको निकायसँग प्राविधिक जानकारी बिना नै रंगशालामा बनिरहेको भन्दै चर्को आलोचना गर्नुभयो ।

सम्बन्धित खेलविज्ञ, खेल संघ या सरोकारवाला निकायसँग नै छलफल नगरी मापदण्डविपरीत केही संरचना बनिरहेको उल्लेख गर्नुभयो । खेलकुद संरचना बन्नु राम्रो पक्ष भएपनि त्यसको प्राविधिक पक्षबारे चेकजाँच गराएर मात्र संरचना बनाउन आग्रह गर्नुभएको छ ।

उहाँले खेल्ने मैदान या कभर्डहल बनाउनुभन्दा पनि ठूलाठूला रंगशाला निर्माण गर्न होड बाजी भइरहेको उल्लेख गर्दै त्यसलाई रोक्न आवश्यक रहेको तर्क समेत गर्नुभयो ।

प्रत्येक नगरपालिका या वडामा पनि स्टेडियमभन्दा पनि ट्रेनिङ सेन्टर बनाउन स्थानीय निकायलाई आग्रह गर्नुभयो । खेलाडी पलायनलाई रोक्न आगामी बजेटमा केही योजनाहरू समावेश हुने राखेप सदस्यसचिव घिसिङको विश्वास छ ।

आगामी बजेटमा खेलाडीको स्वास्थ्य विमा लगायत विषय समावेश हुने उहाँको भनाइ छ ।
०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);