२७२ रनको लक्ष्य पच्छ्याएको दिल्ली १६६ रनमा सिमित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

२७२ रनको लक्ष्य पच्छ्याएको दिल्ली १६६ रनमा सिमित

काठमाडौं,२२ चैत्र । इंडियन प्रिमियर लिग आईपिएलको इतिहासमै दोस्रो ठूलो योगफल बनाउँदै कोलकत्ता नाइट राइडर्सले दिल्ली क्यापिटल्सविरुद्ध फराकिलो जित हात पारेको छ । घरेलु मैदानमा कोलकत्ताले दिल्ली माथि १०६ रनको फराकिलो जित निकालेको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको कोलकत्ताले २० ओभरमा ७ विकेटको क्षतिमा २७२ रनको विशाल योगफल खडा ग¥यो । यो आईपिएल इतिहासको दोस्रो ठूलो योगफल समेत हो । केही दिन अघि रोयल च्यालेन्जर्स बेंगलूरुले २०१३ मा बनाएको कीर्तिमान तोड्दै हैदराबादले मुम्बई इण्डियन्स विरुद्ध २७७ रन बनाएको किर्तिमान भने कायमै छ । कोलकत्ताका लागि सुनिल नरिनले ३९ बलमा ७ चौका र ७ छक्का सहित ८५ रन बनाए । यस्तै अनकृष रघुवंशीले २७ बलमा ५४,आन्द्रे रसेलले १९ बलमा ४१ रन बनाए भने रिंकु सिंहले ८ बलमा २६ रन बनाए । दिल्लीका एनरिक नोर्ट्जेले ४ ओभरमा ५९ रन खर्चिदै ३ र ईशान्त शर्माले २ विकेट लिए ।

जवाफमा दिल्लीले १७ दशमलव २ ओभरमा सवै विकेट गुमाउँदै १६६ रन मात्र बनायो । दिल्लीका कप्तान ऋषभ पन्तले २५ बलमा ४ चौका र ४ छक्का सहित ५५ र ट्रिस्टन स्टब्सले ५४ रन जोडे । कोलकत्ताका वैभव अरोराले र वरुण चक्रवर्थिले समान ३–३, र मिचेल स्टार्कले २ विकेट लिए । जित सँगै कोलकत्ता ३ खेलमा सत प्रतिशत नतिजा सहित शीर्ष स्थानमा उक्लिएको छ । दिल्ली भने ४ खेलमा १ जित सहित नवौं स्थानमा छ । आज गुजरात टाइटन्स र पञ्जाब किंग्स खेल्ने छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);