कोलकत्ता नाइट राइडर्सको पहिलो हार | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

कोलकत्ता नाइट राइडर्सको पहिलो हार

काठमाडौं,२७ चैत्र । इंडियन प्रिमियर लिग आईपिएलमा कोलकत्ता नाइट राइडर्स विरुद्ध चेन्नाई सुपर किंग्सले सहज जित हात पारेको छ चेन्नाईले कोलकतालाई ७ विकेटले सजलै हराएको हो । कोलकत्ताले दिएको १३८ रनको सामान्य लक्ष्य चेन्नाईले १७ दशमलव ४ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो ।

चेन्नाईको जितमा कप्तान रुतुराज गाइक्वाडले अविजित ६७ रन बनाए । शिभम दुबेले २८ तथा ड्यारिल मिचेलले २५ रन बनाउँदा रचिन रवीन्द्रले १५ रन जोडे । कोलकत्ताका लागि वैभव अरोराले २ तथा सुनिल नरिनले १ विकेट लिए । चेन्नाईको चेपक स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रन बनायो ।

कोलकत्ताका श्रेयस ऐयरले ३४ रन सुनिल नरिनले २७ तथा आँगृष रघुवंशीले २४ रन जोडे । चेन्नाईका लागि तुशार देशपाण्डे र रवीन्द्र जडेजाले समान ३–३ विकेट लिँदा मुस्तफिजुर रहमानले २ तथा महिश थिकसनाले १ विकेट लिए । जित सँगै चेन्नाई ५ खेलमा ३ जित सहित तालिकाको चौथो स्थानमा छ । कोलकत्ता भने चौथो खेलमा पहिलो हार बेहोर्दै दोस्रो स्थानमा छ । आईपिएलमा भोलि आज पञ्जाब किंग्स र सनराईजर्स हैदराबादबीच खेल हुने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);