नेपाल गुजरात क्रिकेट एसोसिएसनलाई पराजित गर्दै फाइनलमा पुग्यो | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

नेपाल गुजरात क्रिकेट एसोसिएसनलाई पराजित गर्दै फाइनलमा पुग्यो

काठमाडौं,२२ चैत्र । नेपाल गुजरात क्रिकेट एसोसिएसनलाई ८ रनले पराजित गर्दै एसएमएस फ्रेन्डसिप कपको फाइनलमा पुगेको छ । बुधबार भएको खेलमा गुजरात क्रिकेट एसोसिएसनलाई ८ रनले पराजित गर्दै नेपाल एक खेल अगावै फाइनलमा पुगेको हो ।

नेपालले तीन खेलबाट ६ अंक जोड्यो । नेपालले पहिलो खेलमा गुजरातलाई र दोस्रो खेलमा पनि नेपालले आफ्नो उत्कृष्ट लयलाई समात्दै बरोडा क्रिकेट एसोसिएसनलाई हराइसकेको छ । नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १७३ रन मात्रै बनाउन सक्यो । गुजरातका कप्तान उमंग रोहितकुमारले २४ बलमा ४७ रन बनाए ।

अभिषेक देसाईं २०, स्मित पटेल १९ र प्रियेश पटेल १७ रनमा आउट हुँदा हर्ष देसाईं २९ र ध्रुशान्त सोनी ९ रनमा अविजित रहे । नेपालका सोमपाल कामी, गुल्शनकुमार झा र कुशल मल्लले २÷२ विकेट लिए । त्यसअघि गुजरातको वापीमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १८१ रन बनायो । नेपालका आरिफ शेखले ५१ बल ८५ , कुशल भुर्तेलले ६७ रन बनाए । भुर्तेल र शेखसँगबीच १२५ रनको साझेदारी गर । गुजरातका जयमित पटेलले सर्वाधिक ३ तथा ध्रुशान्त सोनी र आर्य देसाईंले २÷२ विकेट लिए । नेपालले समूह चरणको अन्तिम खेल शुक्रबार बरोडासँग खेल्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);