त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको फाइनलमा नेपाल र पपुवा न्यूगिनीबीच प्रतिस्पर्धा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको फाइनलमा नेपाल र पपुवा न्यूगिनीबीच प्रतिस्पर्धा

फागुन २९ हङकङमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको फाइनलमा नेपालले पपुवा न्युगिनी पीएनजसँग प्रतिस्पर्धा गर्ने भएको छ । र
मङ्गलबार नेपालसँग हारेको पीएनजीले दोस्रो खेलमा घरेलु टोली हङकङलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो । यसअघि मङ्गलबार नै भएको खेलमा नेपालले पीएनजीलाई ८५ रनले हराएर फाइनलमा स्थान बनाएको हो ।

जितका लागि हङकङले दिएको एक सय २२ रनको लक्ष्य पीएनजीले १२ दशमलव ४ ओभरमा विना विकेटको क्षतिमा पुरा गरेको हो । एक सय २४ रन जोड्दै लक्ष्य पूरा गरेको थियो ।

यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोली हङकङले १८ दशमलव .३ ओभरमा सबै विकेटको क्षतिमा एक सय २१ रन बनायो । शीर्षस्थानमा रहेको नेपालले दुई खेलबाट तीन अङ्क बनायो । दोस्रो स्थानमा रहेको पीएनजीले दुई अकं जोड्यो ।

यसअघि मंगलबार नै नेपालले पपुवा न्यूगिनी पीएनजीलाई ८५ रनले हराएर फाइनल स्थान सुरक्षित गरेको हो । हङकङमा १९९ रनको विजयी लक्ष्य पच्याएको पीएनजीलाई ११३ रनमा समेटेर नेपाल फाइनलमा पुगेको हो ।

नेपालको जितमा कुशल भुर्तेलले ४ विकेट लिए । हङकङको मिसन रोड मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १९८ रन बनायो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले टी–२० अन्तराष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्दै ५९ रन बनाए । सन्दीप जोराले ५६ रनको योगदान दिए । निकै आक्रामक ब्याटिङ गरेका उनले २१ बलमा अर्धशतक पूरा गरे ।

विनोद भण्डारीको २७ रन पनि महत्वपूर्ण रह्यो । गुल्शन झा १९ र विवेक यादव १९ रनमा नट आउट रहे । पीएनजीका कप्तान अशद भलाले २ विकेट लिए । ०००

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);