नेदरल्यान्ड्सलाई हराउँदै नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

नेदरल्यान्ड्सलाई हराउँदै नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि

काठमाडौं । नेपालले त्रिकोणात्मक टि–२० सिरिजको उपाधि जितेको छ । कीर्तिपुर त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेदरल्यान्ड्सलाई १ सय ४२ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

नेपालले दिएको २ सय ३९ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १७ ओभर ७ बलमा अलआउट हुँदै ९६ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । करण केसीले ३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए । कमलसिंह ऐरीले २ र अभिनाश बोहराले १ विकेट लिए ।

नेपालले पहिलो पटक टी-ट्वान्टी प्रतियोगिताको उपाधि जितेको छ । नेपालले ११ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । नेपालले यसअघि सन् २०१० मा आईसीसी डिभिजन-५ को उपाधि जितेको थियो ।

त्रिकोणात्मक सिरिज फाइनल : नेदरल्यान्ड्सलाई नेपालले दियो २ सय ३९ रनको लक्ष्य

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २३८ बनायो ।

ओपनर कुशल भुर्तेलले पाचौं म्याचमा चौंथो अर्धसतक प्रहार गरे । ७७ रन बनाएका उनले ५३ बलको सामना गर्दै ३ छक्का र ८ चौका प्रहार गरेका थिए ।

कुशल मल्ल २४ बलमा ५० रन बनाउँदै अविजित रहे । उनले ५ छक्का र २ चौका प्रहार गरे । दिपेन्द्र सिंह ऐरीले ४८ रन बनाए । १८ बल खेलेका उनले ३ छक्का र ५ चौका हान्दै नटआउट रहे ।

टी–२० अन्तर्राष्ट्रियमा नेपालको यो अहिलेसम्मकै उच्च स्कोर हो । यसअघि नेपालले सन् २०१९ मा १३औं सागमा भुटानविरुद्ध २३६ रन बनाएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);