नेपाललाई एसीसी यू- १९ ईस्टर्न रिजन क्रिकेटको उपाधि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नेपाललाई एसीसी यू- १९ ईस्टर्न रिजन क्रिकेटको उपाधि

nepal wins u-19 quali

काठमाडौं, २४ असार । एसीसी अण्डर नाइन्टीन इस्टर्न रिजन क्रिकेटको उपाधि नेपालले जितेको छ । मलेसियाको किनरारा ओभल मैदानमा मंगलवार भएको खेलमा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

उपाधि जितेसँगै नेपाल श्रीलंकामा आयोजना हुने एसिया कप यू– १९ क्रिकेटका लागि छनोट भएको छ । हङकङले दिएको ९६ रनको लक्ष्य नेपालले मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।

त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ४३ ओभर १ बलमा अलआउट हुँदै ९५ रन बनाएको थियो । हङकङलाई सस्तैमा समेट्न नेपालका सागर ढकालले किफायती बलिङ गरे । १० ओभरमा ५ मेडनसहित १८ रन खर्चेर सागरले ५ विकेट लिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);