मलेसियालाई हराउँदै नेपाल एसीसी यू-१६ इस्टर्न रिजन च्याम्पियन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मलेसियालाई हराउँदै नेपाल एसीसी यू-१६ इस्टर्न रिजन च्याम्पियन

काठमाडौं, १५ बैशाख । नेपालले एसीसी यू–१६ एशिया पूर्वी क्षेत्रिय छनौट क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । थाइल्याण्डमा आइबार भएको फाइनल खेलमा मलेसियालाई ५९ रनले पराजित गर्दै नेपालले लगातार दोस्रो पटक उपाधि उचाल्न सफल भएको हो ।

गत संस्करणमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो । थाइल्याण्डको चियाङमाईमा भएको खेलमा नेपालले दिएको १सय ४१ रनको लक्ष्य पछ्याएको मलेसियाले ३४ ओभर ५ बलमा अलआउट हुँदै ८१ रनमात्रै बनाउन सक्यो ।

मलेसियालाई सस्तैमा रोक्न नेपालका बिशाल कुमार पटेलले ४ विकेट हात पारे भने दीपक बोहोराले ३ विकेट हात पारे । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ३५ ओभर खेल्दै ९ विकेट गुमाएर १सय ४० रन बनाएको थियो । प्रतियोगितामा सिंगापुर तेस्रो भयो । सिंगापुरले हङकङलाई ८१ रनले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);