एसीसी यू-१६ : उपाधि बिजेता नेपाली टोली स्वदेश फिर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

एसीसी यू-१६ : उपाधि बिजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौं, १६ बैशाख । एसीसी यू–१६ एशिया पूर्वी क्षेत्रिय छनौट क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । थाइल्याण्डमा सम्पन्न प्रतियोगिताको उपाधि जितेको नेपाली टोली सोमबार स्वदेश फर्किएको हो ।

थाइल्याण्डको चियाङमाईमा आइतबार मलेसियालाई पराजित गर्दै नेपालले लगातार दोस्रो पटक उपाधि जितेको थियो । फाइनलमा नेपालले मलेसियालाई ५९ रनले पराजित गरेको थियो । नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार बिष्ट, राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटा लगायतले स्वागत गरेका थिए ।

प्रतियोगितामा नेपाल सत प्रतिशत जित निकाल्न सफल भएको थियो । अघिल्लो संकरणमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);