एसीसी यू-१६ : नेपालद्वारा मलेसिया ३९ रनले पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

एसीसी यू-१६ : नेपालद्वारा मलेसिया ३९ रनले पराजित

काठमाडौं, ११ बैशाख । थाइल्याण्डमा जारी एसीसी यू–१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ । बुधबार भएको खेलमा मलेसियालाई ३९ रनले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

थाइल्याण्डको चियाङमाईमा नेपालले दिएको १सय४२ रनको लक्ष्य पछ्याएको मलेसियाले ३३ ओभर २ बलमा अलआउट हुँदै १सय २ रन बनायो । टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले पुरै ३४ ओभर ५ बलमा अलआउट हुँदै १सय ४१ रन बनाएको थियो ।

जितसंगै समूह ’ए’ मा रहेको नेपालले २ खेलबाट ४ अंक जोडेको छ । यसअघि पहिलो खेलमा नेपालले म्यानमारलाई ७ विकेटले पराजित गरेको थियो । साविकको विजेता समेत रहेको नेपालले अन्तिम खेलमा बिहिबार आयोजक थाइल्याण्डसंग खेल्नेछ । अघिल्लो संकरणमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);