आठौं राष्ट्रिय खेलकुद : गौरिकालाई थप ४ स्वर्ण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

आठौं राष्ट्रिय खेलकुद : गौरिकालाई थप ४ स्वर्ण

gaurika singh

काठमाडौं, १२ बैशाख । बाँके — ओलम्पियन गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुदमा उत्कृष्ट लय कायमै राख्ने क्रममा राष्ट्रिय पौडीको तेस्रो दिन मंगलबार थप ४ स्वर्ण जितेकी छन्  । ४ मध्ये एक स्पर्धामा उनले राष्ट्रिय कीर्तिमान सुधार गरिन्  ।

पुलिसका सायेद हेम्जा शाह १ सय मिटर बटरफ्लाइमा प्रतिस्पर्धा गर्दै । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

बाँके -ओलम्पियन गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुदमा उत्कृष्ट लय कायमै राख्ने क्रममा राष्ट्रिय पौडीको तेस्रो दिन मंगलबार थप ४ स्वर्ण जितेकी छन् । ४ मध्ये एक स्पर्धामा उनले राष्ट्रिय कीर्तिमान सुधार गरिन् । योसँगै जारी प्रतियोगितामा गौरिकाको स्वर्ण संख्या ८ पुगेको छ ।नेपालगन्जस्थित होटल सिग्नेटको पोखरीमा जारी प्रतियोगितामा गौरिकाले १ सय मिटर बटरफ्लाई स्पर्धामा आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरी स्वर्ण जितिन् । पहिलोपल्ट राष्ट्रिय खेलकुदमा सहभागिता जनाएर त्रिभुवन आर्मी क्लबको प्रतिनिधित्व गरेकी गौरिकाले १ मिनेट ७.९७ सेकेण्डको टाइमिङ निकालिन् । गत वर्ष २२ औं राष्ट्रिय पौडीमा उनले यस स्पर्धामा १ मिनेट ८.६३ सेकेन्डको कीर्तिमान रचेकी थिइन् ।

महिलाकै २ सय मिटर ब्याकस्ट्रोकमा गौरिकाले २ मिनेट ४१.२५ सेकेण्डको टाइमिङका साथ स्वर्ण जितिन् । पुलिसकी अनुश्का पोखरेलले ३ मिनेट ०.६३ सेकेन्डमा दूरी पूरा गरी रजत र एपीएफकी दिया स्थापितले ३ मिनेट ६.४७ सेकेण्डको टाइमिङका साथ कास्य जितिन् । २ सय मिटर फ्रिस्टाइलमा गौरिकाले २ मिनेट ९.१९ सेकेन्डको टाइमिङका साथ स्वर्ण जित्दा कीर्तिमान सुधार गर्न चुकिन् । गत वर्षको प्रतियोगितामा उनले यस स्पर्धामा यही टाइमिङ निकालेकी थिइन् । यस स्पर्धामा आर्मीकै डुवाना लामाले २ मिनेट १८.१० सेकेण्डमा दूरी पूरा गरेर रजत तथा एपीएफकी टिसा साक्यले २ मिनेट २६.३१ सेकेन्डमा दूरी पूरा गरी कास्य जितिन् ।

२ सय मिटर फ्रिस्टाइलमा पुरुषतर्फ स्वर्ण जितेका पुलिसका गौरव लामा गौरिकाभन्दा करिब ११ सेकेन्डले पछि छन् । उनले २ मिनेट २०.२८ सेकेन्डको टाइमिङसहित स्वर्ण जितेका हुन् । २ मिनेट २२.७८ सेकेन्डमा दूरी पूरा गरेका पुलिसकै तरुण भण्डारीले रजत र २ मिनेट २४.७८ सेकेन्डको टाइमिङ निकालेका एपीएफका उर्गेन महर्जनले कांस्य जिते ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);