कीर्तिमान सुधार गर्दै नासिरले जिते स्वर्ण  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कीर्तिमान सुधार गर्दै नासिरले जिते स्वर्ण 

काठमाडौ। नेपाली सेनाका नासिर याह्या हुसेनले नवौं राष्ट्रिय खेलकुदअन्तर्गतकाे २२औं राष्ट्रिय पौडी च्याम्पियनसिपमा आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्दै स्वर्ण पदक जितेका छन् । नासिरले १५ सय मिटिर फ्रि-स्टायलमा काठमाडाैंमा सम्पन्न १३औं दक्षिण एशियाली खेलकुदमा कायम गरेको १७ मिनट ४९.९५ सेकेन्ड समयमा सुधार गर्दै १६ मिनेट ५०.२१ सेकेन्डको नयाँ राष्ट्रिय रेकर्ड कायम गरेका हुन् । साथै, उनले नवौं राष्ट्रिय खेलकुदमा पौडीतर्फ पहिलो स्वर्ण पदक पनि जितेका छन् । दोश्रो स्थानमा रहेको एनआरएनएका आशिष सापकोटाले पनि नासिरले दक्षिण एशियाली खेलकुदमा स्थापित गरेको रेकर्डलाई उछिनेका थिए । सापकोटाले १६ मिनट ५७.९५ को समयमा दूरी पार गरेका थिए । उनले रजत पदक प्राप्त गरे । तेश्रो स्थानमा पुलिसका सुनिलकुमार थापा मगर रहे। उनले काँस्य पदक प्राप्त गरे।

डुवानाले पनि राखे नयाँ कीर्तिमान 
पोखराको विरौटास्थित फिसटेल एकेडेमीको पौडी पोखरीमा भएको प्रतियोगितामा सेनाकी डुवाना लामाले आफ्नो नाममा नयाँ राष्ट्रिय कीर्तिमान बनाउन सफल भएकी छिन् ।

उनले २०० मिटर व्यक्तिगत मिड्लेतर्फ गौरीका सिंहले नेपालगन्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा कायम गरेको २ मिनट ३२ सेकेन्डको समयलाई पछाडी पार्दै २ मिनेन ३१.४६ सेकेन्डको नयाँ समयको कीर्तिमान कायम गरिन् । यो उनले हिट चरणमा कायम गरेको समय हो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);