सटपुटमा पुलिसकी चन्द्रकलालाई स्वर्ण पदक | ईमाउण्टेन समाचार

Our Network

जेठ ११ २०८३, मंगलबार

सटपुटमा पुलिसकी चन्द्रकलालाई स्वर्ण पदक

काठमाडौं। नवौं राष्ट्रिय खेलुकदअन्तर्गत एथ्लेटिक्सको महिला सटपुटमा नेपाल पुलिस क्लबकी चन्द्रकला लामगादेले स्वर्ण पदक जितेकी छिन् । पोखरा रंगशालामा शनिबार भएको खेलमा १२.४० मिटरको दूरीसहित एथ्लेटिक्समा पुलिसलाई पहिलो स्वर्ण जिताएकी हुन् ।

१०.८३ मिनेटसहित लुम्बिनी प्रदेशकी संगिता अधिकारीले रजत पदक जितिन् । ९.८६ मिटर दूरीसहित पुलिसकै बसन्ती चौधरीले काँस्य पदक जितेकी छन् ।

Leave a Reply