गौरिकाको नयाँ कीर्तिमान | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

गौरिकाको नयाँ कीर्तिमान

gaurika singh

काठमाडौं, १० बैशाख । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत पौडीतर्फ दोस्रो दिन सोमबार गौरिका सिंहले  दुई स्वर्ण जित्दै एक राष्ट्रिय कीर्तिमान रच्न सफल भएकी छिन्।

पहिलो दिन दुई स्वर्ण र एक राष्ट्रिय कीर्तिमान कायम गरेकी त्रिभुवन आर्मीकी गौरिकाले दोस्रो दिन सोमबार पनि दुई स्वर्ण जित्ने क्रममा एक सय मिटर फ्रिस्टाइलमा नयाँ कीर्तिमान बनाउन सफल भएकी हुन्। गौरिकाले एक सय मिटर फ्रिस्टाइलमा निर्धारित दूरी ५९.६० सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको कीर्तिमान भंग गरेकी हुन्। सोही स्पर्धामा सोफिया शाहले निर्धारित दूरी १ मिनेट २.५९ सेकेन्डमा पार गर्दै रजत पदक हात पार्दा एपिएफकी टिसा शाक्यले १ मिनेट २.५९ सेकेन्डमा पार गर्दै कांस्य हात पारिन्।

सोमबारै आर्मीकी गौरिकाले महिला ४ सय मिटर फ्रिस्टाइलमा पनि स्वर्ण पदक हात पारिन्। उनले निर्धारित दूरी ४ मिनेट ४४.८१ सेकेन्डमा पूरा गरेकी हुन्। आर्मीकै डुआना लामाले रजत पदक हात पार्दा एपिएफकी टिसा शाक्यले कांस्य पदकमा चित्त बुझाइन्। सोही स्पर्धामा पुरुषतर्फ एनआरएनका नाथन शेर्पा ४ मिनेट ३३.०९ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जिते। एपिएफका नासिर हुसेन र उर्गेन महर्जनले क्रमशः रजत र कांस्य पदक जिते।

पुरुष १ सय मिटर फ्रिस्टाइलमा एलेक्स शाहले नयाँ राष्ट्रिय कीर्तिमान राख्दै स्वर्ण जिते। आर्मीका एलेक्सले ५५.६३ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जिते पनि हिट्स चरणमा लिएको समय ५५.३८ सेकेन्ड उनको नाममा कीर्तिमान हो। सोही स्पर्धामा पुलिसका साएद हम्जा शाहले रजत पदकमा चित्त बुझाउँदा आर्मीका अनुभव सुब्बाले कांस्य पदक प्राप्त गरे।

पुरुष ५० मिटर बटरफ्लाइमा पुलिसकी साएद हम्जा शाहले २७ सेकेन्डमा दूरी पूरा गर्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जिते। आर्मीका अनुभव सुब्बाले रजत पदक हात पर्दा एपिएफका तेन्जिङ गुरुङले कांस्य पदक हात पारे। महिला ५० मिटर बटरफ्लाइमा आर्मीकी सोफिया शाह ३३.५० सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जित्न सफल भइन्। पुलिसकी अनुसिया तण्डुकार दोस्रो र एपिएफकी श्रीवी महर्जन तेस्रो भए।

पुरुष २ सय मिटर ब्रेस्टस्ट्रोकमा एपिएफका शुभम श्रेष्ठले २ मिनेट ३१.४४ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जित्दा पुलिसका दीपंकर अवाले रजत र प्रदेश १ का वेदज्ञराज जोशीले कांस्य पदक हात पारे। महिला २ सय मिटर ब्रेस्टस्ट्रोकमा आर्मीकी डुआना लामाले २ मिनेट ५५.०९ सेकेन्डमा दूरी पार गर्दै स्वर्ण पदक हात पार्दा आर्मीकै उपास्ति महर्जनले रजत र पुलिसकी अदिप्शा वैद्यले रजत पदकमा चित्त बुझाए।  यो समाचार नागरिक दैनिक पत्रिकामा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);