तीन स्वर्ण जितेर गौरिकाले रचिन् नयाँ इतिहास | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

तीन स्वर्ण जितेर गौरिकाले रचिन् नयाँ इतिहास

gaurika singh

काठमाडौं, २३ मंसिर । नेपालकी जलपरीको उपनाम पाएकी गौरिका सिंहले जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा आइतबार नयाँ इतिहास रचेकी छन्। सागको आठौं दिन गौरिकाले स्वर्ण जितेपछि एउटै संस्करणमा तीन स्वर्ण हासिल गर्ने पहिलो नेपाली खेलाडी बनेर इतिहास रचेकी हुन्।

उनले सातदोबाटोस्थित इन्डोर स्विमिङ हलमा महिलाको चार सय मिटर फ्रिस्टाइलमा भारतकी अनुभवी पौडीबाज शिवांगी सिंहलाई पन्छाएर स्वर्ण जितेकी हुन्। उनले यसअघि दुई सय मिटर ब्याकस्ट्रोक र दुई सय मिटर रिलेमा पनि स्वर्ण जितेकी थिइन्।

यसअघि सागमा तेक्वान्दोतर्फ दीपक विष्टले ४ स्वर्ण र म्याराथनतर्फ वैकुण्ठ मानन्धरले ३ स्वर्ण जितेको कीर्तिमान छ। यो पनि उनीहरूले एकै संस्करणमा जितेका होइनन्। विष्टले आठौंदेखि ११औं सागसम्म जितेर अहिलेसम्म सर्वाधिक स्वर्ण जित्ने कीर्तिमान राखेका थिए भने वैकुण्ठले पहिलोदेखि तेस्रो सागसम्म स्वर्ण जितेर पहिलो म्याराथन धावक बन्ने अवसर पाएका थिए।

गौरिकाले चार सय मिटरको दूरी ४ मिनेट २५ दशमलव २८ सेकेन्डमा पूरा गरेकी हुन्। यो उनको नयाँ राष्ट्रिय कीर्तिमानसमेत हो। यसअघि आठौं राष्ट्रिय खेलकुदमा सोही दूरी उनले ४ मिनेट ४४ दशमलव ८१ सेकेन्डमा पूरा गरेर राष्ट्रिय कीर्तिमान रचेकी थिइन्।

यस्तै भारतकी शिवांगी सिंहले सोही दूरी पूरा गर्न ४ मिनेट २६ दशमलव २२ सेकेन्डको समय लगाइन् । यस्तै श्रीलंकाकी रामुदिनुदाराले ४ मिनेट ४१ दशमलव ९१ सेकेन्डमा दूरी पार गरिन्। यो समाचार नेपाल समाचारपत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);