१३ औं सागको नवौं दिन आज, १३ खेलमा प्रतिस्पर्धा हुँदै, महिला फुटबलको फाइनल नेपाल र भारत भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

१३ औं सागको नवौं दिन आज, १३ खेलमा प्रतिस्पर्धा हुँदै, महिला फुटबलको फाइनल नेपाल र भारत भिड्दै

sag

काठमाडौं, २३ मंसिर । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको नवौं दिन आज विभिन्न १३ खेलमा प्रतिस्पर्धा हुँदैछ । सागको नवौं दिन काठमाडौं पोखरा र जनकपुरमा गरि कुल १३ खेलमा प्रतिस्पर्धा हुने भएको हो ।

आज आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, जुडो, पौडी, सुटिङ, स्क्वास, टेनिस र कुस्तीमा प्रतिस्पर्धा हुनेछ । जसमा महिला फुटबल र आर्चरी पोखरामा हुनेछ । कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछ । यसैबीच साग अन्तर्गत महिला फुटबलको फाइनल खेल आज हुँदैछ । पोखरा रंगशालामा हुने फाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ । महिला फुटबलमा माल्दिभ्सले कास्य जितिसकेको छ । पदक तालिकामा आठौं दिनसम्म भारतले १४५ स्वर्णसहित अग्रता बनाएको छ भने ४५ स्वर्णसहित नेपालले भारतलाई पछ्याईरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);