अपराजित रहँदै बालगोपाल महर्जन | ईमाउण्टेन समाचार

Our Network

जेठ १३ २०८१, आइतबार

अपराजित रहँदै बालगोपाल महर्जन

काठमाडौं, २३ मंसिर । नेपाली राष्ट्रिय यू–२३ फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले अपराजित रहँदै १३ औं सागमा गोल्ड मेडल जित्ने बताउनुभएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आईतबार भएको खेलमा बंगलादेशलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनल पुगेपछि प्रशिक्षक महर्जनले भुटानलाई हराएर अपराजित रहेर स्वर्ण जित्ने बताउनुभएको हो ।

बलियो टिम बंगलादेशविरुद्ध खेलको ११ औं मिनेटमा नेपालका सुनिल बलले निर्णायक गोल गरेका थिए । सुनिलको निर्णायक गोलसँगै नेपाल सागमा लगातार तेस्रो पटक फाइनल प्रवेश गर्यो । समग्रमा नेपाल छैटौं पटक फाइनलमा पुगेको हो । अब नेपालले स्वर्ण पदकको लागि मंंगलबार भुटानको सामना गर्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);