रंगशालामा सागको अभ्यास गर्न पाउँदा खेलाडी उत्साहित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रंगशालामा सागको अभ्यास गर्न पाउँदा खेलाडी उत्साहित

काठमाडौं, ९ मंसिर । दक्षिण एसियाली खेलकुद सागको तयारीमा रहेको नेपाली यू–२३ फुटबल टिमले दशरथ रंगशालामा तयारी गरेको छ । २०७२ सालको भूकम्पले भत्काएपछि दशरथ रंगशालामा फुटबलका गतिविधि शून्य नै भएका थिए ।

सागका लागि दशरथ रंगशालाको पुनर्निर्माण भइरहँदा सोमवारदेखि नेपाली टिमले रंगशालाकै मैदानमा तयारी सुरु गरेको हो । यू–२३ टिममा तीन जना बढी उमेरका खेलाडी राख्न मिल्ने प्रावधान छ ।

जस अनुसार सुजल श्रेष्ठले नेपाली टिमको कप्तानी गर्नेछन् । साढे चार वर्ष पछि पहिलो पटक दशरथ रंगशालामा अभ्यास गर्न पाउँदा खेलाडी पनि उत्साहित छन् ।

नेपाली टिमलाई प्रशिक्षक बालगोपाल महर्जनले प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षक महर्जनले नेपाली टिमको तयारी राम्रो भएको भन्दै राम्रो नतिजा आउने विश्वास ब्यक्त गरेका छन् ।

नेपालले पहिलो, छैटौं र १२औं सागमा फुटबलतर्फ स्वर्ण जितेको थियो । यो पटक घरेलु मैदानमै खेल हुने भएकाले नेपालले फेरी स्वर्ण जित्ने विश्वास महर्जनको छ । साग फुटबलमा भारत र पाकिस्तानको भने सहभागिता नहुने जनाइएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);