थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलमा आज नेपाल खेल्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलमा आज नेपाल खेल्दै

काठमाडौं, १२ चैत थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको पहिलो खेलमा आज नेपालले किर्गिस्तानको यू–२३ टिमसँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले किर्गिस्तानको ओलम्पिक टिमसँग खेल्न लागेको हो । नेपाल आज किर्गिस्तानलाई पराजित गर्ने लक्ष्यसहित मैदान उत्रने छ भने किर्गिस्तान पनि नेपाललाई हराएर फाइनल सम्भावना कायम राख्न चाहन्छ ।

यसैबीच नेपाली टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले गोलकिपर किरण चेम्जोङको कप्तानीमा २३ सदस्सीय टिमको घोषणा गरेका छन् । दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ ।

नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । फाइनल खेल चैत १६ गते हुनेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);