काठमाडाैं, १५ चैत । त्रिभुवन आर्मी क्लब र किर्गिस्तानको २३ बर्षमुनिको राष्ट्रिय टोलीबीचको मैत्रीपूर्ण फुटबल बराबरीमा टुंगिएको छ ।
दशरथ रंगशालामा शनिबार भएको खेलमा एएफसी कप प्लेअफ खेल्ने तयारीमा रहेको आर्मीसँग किर्गिस्तानको ओलिम्पक टोलीले गोल रहित बराबरी खेलेको हो । थ्री नेसन्स कप खेल्न नेपाल आएको किर्गिस्तान ओलम्पिक टिम फाइनल पुग्न असफल भएपछि आर्मीसँग मैत्रीपूर्ण खेल खेलेको हो ।
आर्मीले १० दिनपछि एएफसी कप प्लेअफको पहिलो खेलमा श्रीलंकाको श्रीलंका पुलिससँग खेल्नेछ । चैत २५ गते दशरथ रंगशालामा उक्त खेल हुनेछ । गत सिजन सहिद स्मारक ए डिभिजन लिगमा उपविजेता बनेको आर्मीले एएफसी लाइसेन्स प्राप्त गरेपछि एएफसी कपको प्लेअफ खेल्ने अवसर पाएको हो ।




