त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबलमा नेपालको कप्तानी गोलकिपर चम्जोङले गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबलमा नेपालको कप्तानी गोलकिपर चम्जोङले गर्ने

काठमाडाैं, ९ चैत । त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालको कप्तानी गोलकिपर किरण चम्जोङले गर्ने भएका छन् । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले प्रतियोगितामा नेपालको कप्तानी किरणले गर्ने जानकारी दिएका हुन् ।

सोमबार आयोजित प्रि–म्याच कन्फरेन्समा प्रशिक्षक महर्जनले टिमको कप्तानी किरणले गर्ने जानकारी गराएका हुन् भारतमा व्यावसायिक फुटबल खेलिरहेका छन् । राष्ट्रिय टिमका नियमित गोलकिपर समेत रहेका किरण भारतको पन्जाबबाट शीर्ष डिभिजन लिग आईलिग खेलिरहेका छन् ।

दशरथ रंगशालामा आयोजना हुने त्रिदेशीय फुटबलमा नेपाल, बंगलादेश र किर्गिस्तानले खेल्ने छन् मंगलबार उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेश खेल्ने छन् । नेपालले पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ । किर्गिस्तानको यू–२३ टिम हुनेछ ।

दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । फाइनल खेल चैत १६ गते हुनेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);