किरणले धनगढीको कप्तानी गर्ने, प्रायोजक किया मोटर्स | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

किरणले धनगढीको कप्तानी गर्ने, प्रायोजक किया मोटर्स

काठमाडौँ । राष्ट्रिय टोलीका कप्तान किरण कुमार लिम्बुले शनिबारदेखि शुरु हुने खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसीको कप्तानी गर्ने भएका छन् । आइकोनिक प्लेयरको रुपमा चिनिने राष्ट्रिय टोलीका कप्तान किरणलाई आबद्ध गरेको धनगढीले राष्ट्रिय टोलीका समेत कप्तान रहेका किरणलाई नै धनगढी एफसीको कप्तानको जिम्मेवारी दिएको जनाएको छ ।

गो ड्रिमर्स प्रालिको स्वामित्वमा रहेको धनगढी एफसीले राष्ट्रिय टिमका मिडफिल्डर विशाल राईलाई ‘मार्की खेलाडी’ घोषणा गरेको थियो । यस्तै धनगढीको मुख्य प्रायोजकको रुपमा किया मोटर्सको साथ मिलेको छ । टोलीमा दुई बिदेशी र दुई स्थानिय खेलाडीसमेत आबद्ध भएर प्रशिक्षण गरिरहेका छन् । टिमले पहिलो खेल आइतबार विराटनगरसँग खेल्दैछ । प्रशिक्षकमा नाइजेरियाली नागरिक तोपे फुजालाई अनुबन्ध गरिसकेका छ ।

त्यस्तै राष्ट्रिय टिमका पूर्व फरवार्ड एवं प्रशिक्षक युगल किशोर राईलाई धनगढी एफसीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ । नेपाल सुपर लिग फुटबलमा फ्रेन्चाईज क्लब धनगढी फुटबल क्लबको कप्तानी किरण चेम्जोङले गर्ने भएका छन् । धनगढीले शुक्रबार एक विज्ञप्ति जारी गर्दे टिमको कप्तान किरणले गर्ने जनाएको छ । राष्ट्रिय टिमका कप्तान समेत रहेका किरण आइकोनिक खेलाडीको रुपमा धनगढीमा आबद्द भएका थिए ।

पछिल्लो समय भारतको आईलिगमा पञ्जाबबाट खेलेका किरण ५ वर्षपछि घरेलु फुटबलमा फर्किन लागेका हुन् । टिमको मुख्य प्रशिक्षकमा युगल किशोर राई र प्रशिक्षकमा तोपे फुजा रहेका छन् । धनगढीले पहिलो खेल आइतबार विराटनगरसँग खेल्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);