धनगढी फुटबल क्लबले किरण चेम्जोङलाई आइकोनिक खेलाडीको रुपमा अनुबन्धन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

धनगढी फुटबल क्लबले किरण चेम्जोङलाई आइकोनिक खेलाडीको रुपमा अनुबन्धन

काठमाडाैं । नेपाल सुपर लिगको फ्रेन्चाईज क्लब धनगढी फुटबल क्लबले किरण चेम्जोङलाई आइकोनिक खेलाडीको रुपमा अनुबन्धन गरेको छ । धनगढीले बुधबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय फुटबल टिमका कप्तान किरणलाई आइकोनिक खेलाडीको रुपमा सार्वजनीक गरेको हो ।

पछिल्लो समय भारतको आई लिगमा पञ्जाब बाट खेलिरहेका किरण पहिलो संस्करणको एन एस एल धनगढीबाट खेल्ने पक्का भएको हो । उनी गत सिजनआई लिगकै उत्कृष्ट खेलाडी घोषित बनेका थिए । किरणकै नेतृत्वमा नेपालले भर्खरै थ्री नेसन्स कपको उपाधि जितेको थियो ।यस्तै धनगढीले मार्की खेलाडीको रुपमा विशाल राईलाई अनुबन्धन गरिसकेको छ ।

टिमको प्रशिक्षक मायुगल किशोर राई रहने क्लबले जनाएको छ । धनगढीले अक्सनमार्फत १४ खेलाडी क्लबमा अनुबन्धन गरिसकेको छ । टिमले तोपे फुजालाई मुख्य प्रशिक्षकको रुपमा अनुबन्धन गरिसकेको छ ।

धनगढी एफसीको आइकोनिक खेलाडीमा अनुबन्ध भएपछि गोल रक्षक किरणले आफु ५ वर्षपछी घरेलु लिगमा फर्किन लागेको बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);