एनएसएल प्लेअफ : काठमाडौं र धनगढी भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

एनएसएल प्लेअफ : काठमाडौं र धनगढी भिड्दै

काठमाडौं ।  फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग एनएसएल को प्लेअफ खेल मंगलबारदेखि हुँदैछ ।

प्लेअफको पहिलो खेलकाे लिगमा शीर्ष दुई स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी एफसी भिड्दैछन् । खेल दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।

काठमाडौं र धनगढी बीचको विजेता सिधै फाइनल प्रवेश गर्नेछ भने पराजित हुने टिमले पनि अर्को अवसर भने पाउने छ । लिग चरणमा ६ मध्ये सर्वाधिक ४ खेल जित्दै काठमाडौंले १३ अंक जोडेको थियो ।

लिगमा काठमाडौंले व्यहोरेको एक मात्र हार धनगढी विरुद्ध नै थियो । त्यसैले काठमाडौंलाई बदला लिने अवसर समेत छ ।

उता धनगढीले ६ मध्ये ३ खेलमा जित हात पार्दा २ खेलमा पराजित भयो भने एक खेल बराबरी खेलेको थियो । धनगढीले १० अंक जोड्यो ।

राष्ट्रिय टिमका कप्तान तथा नेपालका नम्बर वान गोलकिपर किरण चेम्जोङको नेतृत्वमा धनगढीले खेलिरहेको छ भने राष्ट्रिय टिमका नम्बर दुई गोलकिपर विकेश कुथुको कप्तानीमा काठमाडौंले खेलिरहेको छ ।

काठमाडौंको प्रशिक्षकमा गत चैतमा नेपाललाई थ्री नेशन्स कपको उपाधि दिलाएका बालगोपाल महर्जन छन् । धनगढीको मुख्य प्रशिक्षक युगल किशोर राई रहेपनि नाइजेरियन फुजात तोपले रणनीतिमा साथ दिइरहेका छन् ।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टमा आयोजना भएको प्रतियोगितामा ७ टिमले सिंगल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गरेका थिए । लिगको २१ खेलपछि शीर्ष चार स्थानमा रहने टिमहरु प्लेअफका लागि छनोट भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);