’ए’ डिभिजन राष्ट्रिय फुटसल लिग प्रतियोगिता अनिश्चितकालका लागि स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

’ए’ डिभिजन राष्ट्रिय फुटसल लिग प्रतियोगिता अनिश्चितकालका लागि स्थगित

anfa election

काठमाडौं । ’ए’ डिभिजन राष्ट्रिय फुटसल लिग प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले अर्को सूचना नआएसम्मको लागि प्रतियोगिता स्थगित गरिएको मंगलबार जानकारी दिएको हो ।

जेठ १ देखि २२ गतेसम्म पोखराको बहूदेशीय कभर्डहलमा संचालन हुने तय भएको ’ए’ डिभिजन राष्ट्रिय फुटसल लिग प्रतियोगिता कोरोना भाईरसको महामारीको कारण अनिश्चितकालका लागि स्थगित भएको एन्फाको विज्ञप्तिमा उल्लेख छ । लिगका लागि एन्फाले टोलीहरु समेत छनोट समेत गरिसकेको छ ।

’ए’ डिभिजन राष्ट्रिय फुटसल लिग प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने छन् । यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजारको व्यवस्था गरिएको छ ।

यस प्रतियोगिताबाट नेपालको राष्ट्रिय फुटसल टोली चयन गर्ने एन्फाको योजना छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);