सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल असोजको पहिलो साताबाट सुरु हुने | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८०, शुक्रबार

सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल असोजको पहिलो साताबाट सुरु हुने

काठमाडाैं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगिता असोजको पहिलो साताबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार यस वर्षको ’ए’ डिभिजन लिग असोज ३ गतेबाट सुरु हुने जानकारी दिएको हो । एन्फाले ’ए’ डिभिजनका १४ क्लबसँग छलफल गर्दै लिगको मिति तय गरेको जनाएको छ ।

यस्तै एन्फाले लिगका लागि जुलाई ३० बाट खेलाडी दर्ता खुला हुने समेत जनाएको छ । एन्फाले प्रतियोगिता असोजमा सुरु हुने मिति घोषणा गरेपनि सकिने मिति खुलाएको छैन । एन्फाको क्यालेन्डर अनुसार ’ए’ डिभिजन लिग भदौ देखि चैतसम्म सञ्चालन गर्ने उल्लेख छ ।

एन्फाले यस सिजनको शीर्ष डिभिजन लिग करिब ६ महिना सञ्चालन गर्ने तयारी गरेको छ । कोरोना भाईरसको महामारीको कारण अघिल्लो वर्ष ’ए’ डिभिजन लिग आयोजना भएको थिएन ।

Leave a Reply