‘ए’ डिभिजन लिगको मिति पुनः सर्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

‘ए’ डिभिजन लिगको मिति पुनः सर्यो

काठमाडौं । पुस अन्तिम सातालाई तय भएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फेरि सरेर फागुन १९ गतेबाट गर्ने सहमति भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालयमा बिहीवार असन्तुष्ट क्लव र एन्फाबीचको छलफलपछि ए डिभिजन लिग फागुन १९ गतेबाट हुने सहमति भएको हो । यसअघि एन्फाले पुस २६ गतेदेखि शहीद स्मारक ‘ए’ डिभिजन लिग गर्ने निर्णय गरेको थियो । त्यसका लागि एन्फाले पछिल्लोपटक पुस ७ गते क्लवहरूलाई टिम दर्ता गर्न समयसीमा तोेकेको थियो । तर, उक्त दिन बसेको एन्फा र क्लव पदाधिकारीको बैठक दर्ताको विषयमा भने छलफल जारी नै रहेको संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले जानकारी दिए ।

एन्फाले यो पटक डबल राउण्ड रोबिन पद्धतिमा लिग सञ्चालन गर्ने तयारी गरेको थियो । त्यसका लागि पहिलेको भन्दा लाग्ने खर्च पनि दोब्बर हुने भएकाले तयारी खर्च बढाउन एन्फा तयार भएको थियो । विगतका वर्षहरूमा प्रदान गर्दै आएको तयारी खर्च बापतको १५ लाख रुपैयाँ बढाएर २५ लाख दिन एन्फा सहमत भएको थियो । एन्फाले गत वर्षको बक्यौता साढे सात लाख रुपैयाँ क्लवहरूलाई दिन बाँकी नै छ । उक्त रकम थपेर एन्फाले क्लवहरूलाई साढे ३२ लाख तयारी खर्च उपलब्ध गराउनुपर्नेछ ।

एन्फाले नयाँ सिजनको लिग सुचारु गर्न पहिलो किस्तास्वरूप १५ लाख र वक्यौता रकम साढे सात लाख गरी साढे २२ लाख रुपैयाँ क्लवहरूलाई गएको मंसिर १५ गतेभित्र उपलब्ध गराउने भनेको थियो । मंसिर २५ गतेभित्र क्लवहरूले कम्तीमा १८ खेलाडीसहितको टिम दर्ता गर्ने सहमति गरिएको थियो ।

पछिल्लो समाचार

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);