अलबिदा पेले | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अलबिदा पेले

एजेन्सी, १५ पौष । महान फुटबल खेलाडी पेलेको निधन भएको छ । ८२ वर्षीय पेलेको ब्राजिलको साओ पाओलो अस्पतालमा ट्युमरको उपचारका क्रममा निधन भएको हो ।
पेलेको निधनप्रति विश्वकै चर्चित खेलाडीहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनी केही वर्षयता अस्वस्थ थिए ।

गरिब परिवारमा जन्मिएर फुटबलको महान खेलाडी बन्न सकेका उनले तीनपटक ब्राजिललाई विश्वकप जिताएका थिए । पेलेको परिवारसँग फुटबल किन्ने पैसा पनि थिएन । बाल्यकालमा थोत्रो मोजामा कागज कोचेर खेल्दै फुटबल सिकेका थिए ।

उनले सन् १९५८, १९६२ र १९७० को विश्वकप जिताएर अहिलेसम्म कुनैपनि खेलाडीले बनाउन नसकेको किर्तिमान बनाएका छन् । फिफाले उनलाई २०औं शताब्दीको महान फुटबल खेलाडीको सम्मान दिएको थियो ।

पेलेको नाममा १२ सय ८१ गोलको किर्तिमान पनि छ । उनी २१ वर्ष ब्राजिलको टिमबाट ९२ प्रतिष्पर्धा खेलेर ७७ गोल गरेका छन् ।

पेले ब्राजिलका खेलमन्त्री समेत भएर खेलाडीको हितमा काम गरेका थिए । उनलाई विवादमा कहिले नआएका अनुशासित खेलाडीका रुपमा पनि विश्वले चिन्ने गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);