फुटबल बादशाह पेलेको पेटको शल्यक्रिया | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

फुटबल बादशाह पेलेको पेटको शल्यक्रिया

एजेन्सी ब्राजिलका फुटबल बादशाह पेलेको पेटको शल्यक्रिया भएको छ । उनको पेटभित्र पलाएको ट्युमर शल्यक्रियामार्फत काटेर फालिएको हो ।

८० वर्षीय पेले ६ दिनदेखि अस्पतालमा थिए । आफ्नो पेटभित्रको शंकास्पद घाउ फालेपछि अहिले विजय मनाइरहेको उनले बताएका छन् । ‘भाग्यवश मैले पनि तपाइहरुसँगै ठूलो विजय मनाएको छु’ पेलेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अनुहारमा चमक, आशा र आनन्द बोकेर यो खेललाई मैले सामना गर्नेछु ।’ आफ्नो उपचारमा संलग्न सबै चिकित्सकलाई उनले धन्यवाद दिएका छन् ।

यसअघि पेले बिरामी परेको र एकपटक बेहोस भएको भन्ने विवरण सार्वजनिक भएका थिए । गत साता परीक्षणका क्रममा दायाँ पेटको भित्री भागमा ट्युमर देखिएको उनले बताएका थिए । सन् २०२० को फेब्रुवरीमा पेलेका छोरा इडिनहोले बाबु राम्रोसँग हिँड्न नसकेको र धेरै दिन बाहिर नगएको बताएका थिए ।

पेलेको स्वास्थ्यलाई लिएर पछिल्लो समयमा उनका प्रशंसकले चासो देखाउन थालेका छन् । सन् २०१५ मा उनको प्रोस्टेट सर्जरी भएको थियो । त्यसको ६ महिनापछि उनलाई फेरि अस्पताल भर्ना गरिएको थियो । त्यस्तै, सन् २०१९ मा उनलाई पिसाबको संक्रमण भएको थियो । आफ्नो २१ वर्ष लामो फुटबल जीवनका क्रममा पेलेले १३ सय ६३ खेल खेलेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);