पपुवा न्युगिनीविरुद्ध बिक्रम सोबले लिए पहिलो विकेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पपुवा न्युगिनीविरुद्ध बिक्रम सोबले लिए पहिलो विकेट

काठमाडौं । पपुवा न्युगिनी (पिएनजी) विरुद्ध नेपालले पहिलो विकेट लिएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालका डेब्यु गरिरहेका तीब्र गतिका बलर बिक्रम सोबले सुरुवाती विकेट लिएका हुन् ।

दोस्रो ओभर लिएर आएका डेब्यु खेलाडी विक्रमले पहिलो बलमा टोनी उरालाई आउट गराएका हुन् । यस अघि नेपालले टस हारेर फिल्डिङ पाएको थियो । दोस्रो ओमर जारी रहँदा पिएनजीले १ विकेट गुमाएर ३ रन जोडेको छ ।

ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलसँगै तीव्र गतिका बलर विक्रम सोबले पिएनजीविरुद्ध सिनियर टोलीका लागि डेब्यू गरेका छन् । नेपाली टोलीमा दिपेन्द्र सिंह ऐरी र बिनोद भण्डारीलाई आराम दिइएको छ । दुई खेलको शृंखलामा आज पहिलो खेल भइरहेको छ । दोस्रो खेल शुक्रबार हुनेछ ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले पीएनजीसँग खेल्न लागेको हो ।

नेपालले त्रिदेशीय शृंखला भदौं २८ गते अमेरिका, भदौं २९ गते ओमान, असोज १ गते अमेरिका र असोज २ गते ओमानसँग खेल्नेछ ।

नेपालको टोली

ज्ञानेन्द्र मल्ल(कप्तान), कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर), आरिफ शेख, शरद भेषावकर, रोहित कुमार पौडेल, कुशल मल्ल, सोमपाल कामी, पवन सरार्फ, विक्रम सोब र सन्दीप लामिछाने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);