पिएनजीविरुद्ध नेपाल : सन्दीपले दिलाए तेस्रो विकेट | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

पिएनजीविरुद्ध नेपाल : सन्दीपले दिलाए तेस्रो विकेट

काठमाडौं । पपुवा न्युगिनी (पिएनजी) विरुद्ध नेपालले तेस्रो विकेट लिएको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालका सन्दीप लामिछानेले तेस्रो विकेट लिएका हुन् । सन्दीपले २३ बलमा २३ रन बनाएका कार्लेस अमिनीलाई विकेट किपर आसिफ शेखको हातबाट आउट गराएका हुन् ।

यसअघि डेब्यु गरिरहेका तीव्र गतिका बलर बिक्रम सोबले लगातार दुई विकेट लिए । पहिलो बलमै विक्रमले पिएनजीका ओपर ब्याटस्म्यान टोनी पाला उरालाई बोल्ड गराए । दोस्रो विकेट चौथो ओभरको अन्तिम बलमा लिए । दोस्रो विकेट लिने क्रममा विक्रमले पिएजनीका कप्तान असाद भालालाई आरिफ शेखको हातबाट क्याच आउट गराए ।

यसअघि टस जितेर पिएनजीले ब्याटिङ रोजेको थियो । १२ ओभरको समाप्तिमा पिएनजीले ३ विकेट गुमाएर ५९ रन बनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);