तीन क्याप्टेनलाई आउट गर्दै ७ विकेट लिएपछि लिगकै आकर्षण बने सन्दीप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

तीन क्याप्टेनलाई आउट गर्दै ७ विकेट लिएपछि लिगकै आकर्षण बने सन्दीप

sandeep- bbl

काठमाडौं, १३ पुस । अष्ट्रेलियाको बिग बास लिगमा युवा लेग स्पिनर सन्दीप लामिछानेले ७ विकेट लिएर विकेट लिने लिगकै उत्कृष्ट खेलाडी बनेका छन् । उनको टिम मेलवर्न स्टार्सले हार व्यहोरेपनि तीनजना क्याप्टेनलाई विकेटमार्फत आउट गरेपछि सन्दीप लिगकै आकर्षण बनेका छन् ।

नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने अष्ट्रेलियामा जारी बिग ब्यास क्रिकेट लिगमा सर्वाधिक विकेट लिने खेलाडी भएका छन् । मेलबर्न स्टार्सको तर्फबाट सिड्नी सिक्सर्स विरुद्ध आफ्नो तेस्रो खेलमा दुई विकेट लिएसँगै प्रतियोगितामा ७ विकेट लिएका सन्दिप सबैभन्दा बढी विकेट लिने खेलाडी भएका छन् ।

झन सन्दीप तीनजना क्याप्टेनलाई आउट गरेपछि त सन्दिप लिगकै आकर्षणको केन्द्र बनेका हुन् । दोस्रो ओभरको दोस्रो बलमा सिड्नीका कप्तान मोइजेस हेनरिक्सलाई आउट बनाएका थिए भने आफ्नो तेस्रो ओभरको अन्तिम बलमा टोम कुरानलाई आउट बनाए ।

टस जितेर व्याटिङ रोजेको सन्दीपको टिम मेलवर्नमा स्टार्समा साँच्चिकै स्टार खेलाडिका रुपमा सन्दिप उदाएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार लेग स्पेनर सन्दीपले बिग बासमा आफ्नो जादूलाई निरन्तरता दिइरहेका छन् ।

यसअघि बिग बासको पहिलो खेलमा सन्दीपले सिड्नी थन्डर्स विरुद्ध २ विकेट लिएका थिए । दोस्रो खेलमा होबार्ट हुरिकेन्स विरुद्ध ३ विकेट लिएका थिए । सोमबारको खेलमा पहिलो ओभरमै एलेक्स डोलनलाई ३ रनमा बोल्ड गरे ।

नवौं ओभरमा सातरन खर्चेर शून्य विकेटमा सिमित भएका उनले १४औं ओभरको दोस्रो बलमा ५२ रन बनाएर खेलिरहेका हुरिकेन्सका कप्तान म्याथ्यू वेडलाई एडम जाम्पाको हातबाट क्याचआउट गराए ।

१६औं ओभरमा सन्दीपले म्याक–डर्मोटलाई २८ रनको स्कोरमा एलबीडब्ल्यू आउट गरे । सन्दीपले ब्यक्तिगत रुपमा उत्कृष्ट प्रदर्शन गरे पनि उनको टिम मेलवर्न स्टार्सले भने लगातार दोस्रो पटक पराजित भएको छ ।

गत सिजनको आइपिएलमा पहिलोपटक भारतको दिल्ली डेरडेभिल्स क्लवमा आवद्ध हुने अवसर पाएका सन्दिपलाई डेरडेभिल्सले हार्ने निश्चित भएपनि अन्तिममा मात्र खेल्ने अवसर दिएको थियो । अन्तिम खेलमै विकेट लिएर चर्चा कमाउन सफल भएका सन्दिप अन्तर्राष्ट्रिय खेलमा त्यसयता भाग्यमानी सावित भइरहेका छन् । तर, सन्दीयपको राष्ट्रिय लिगको अनुभव भने त्यति सुखद छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);