आइपिएल खेल्ने पहिलो नेपाली सन्दीप | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौं, १४ माघ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा बलर सन्दिप लामिछाने आईपीएल टिम दिल्ली डेयरडेभिल्समा आवद्ध भएका छन् । लामिछाने आईपीएलमा खेल्ने पहिलो नेपाली खेलाडी समेत भएका छन् । डेयरडेभिल्सले उनलाई भारतीय २० लाखमा अनुबन्धन गरेको हो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका १७ बर्षीय बलर सन्दिप लामिछानेलाई इन्डियन प्रिमियर लिग आईपीएल अक्सनमा दिल्ली डेयरडेभिल्सले खरिद गरेको हो । लामिछानेलाई डेयरडेभिल्सले २० लाख भारुमा किनेको हो । दिल्ली डेयरडेभिल्सले ट्वीट गर्दै सन्दीपलाई टिममा सामेल गर्न पाएकोमा खुसी भएको प्रतिक्रिया दिएको छ ।

यसअघि नेपाली युवा लेग स्पिनर सन्दिप विश्वकै उत्कृष्ट ३० युवा क्रिकेटरको सूचीमा परेका थिए । बेलायतको क्रिकेट म्यागजिन ‘अलआउट क्रिकेटले सार्वजनिक गरेको विश्वभरको २२ वर्षमुनीको उत्कृष्ट क्रिकेट खेलाडीको सूचीमा सन्दिप परेका थिए । म्यागजिनले सन् २०१६ को यु–१९ विश्वकपमा आयरल्यान्डविरुद्ध सन्दिपले ह्याट्रिक विकेट लिएको तथा विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थानमा रहेका उल्लेख गरेको थियो ।

त्यस्तै अष्ट्रेलियाका पुर्व कप्तान माइकल क्लार्कले आफ्नो क्लबबाट लामिछानलाई खेलाएका थिए । क्लार्कको क्लबमा राम्रो प्रदर्शन गरेपछि सन्दिप झन चर्चाको शिखरमा रहका थिए ।

आइपिएल खेल्न दिल्ली डेयर डेभिल्सले किनेपछि सन्दिपको देश तथा विदेशमा चर्चा छ । समाजिक संजालका पोष्टमा पनि सन्दिपकै बढी चर्चा भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);