कस्तो रह्यो सन्दिपको लागि यस वर्षको आईपिएल ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कस्तो रह्यो सन्दिपको लागि यस वर्षको आईपिएल ?

sandeep lamichane-ipl

काठमाडौं, २९ बैशाख । सानै उमेरमा क्रिकेट खेलेर करोडपति बनेका नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछाने चर्चित फ्रेन्चाइज लिग इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेर आइतबार स्वदेश फर्किएका छन् । एयर इन्डिया विमान मार्फत स्वदेश फर्किएका उनको विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।

आईपीएलमा दिल्ली क्यापिटल्सबाट खेलेका उनको टोलीले फाइनलको यात्रा तय गर्न नसक्दा उनि आइपिएलको फाइनल अगाबै स्वदेश फर्किका हुन । यद्यपी व्यक्तिगत रुपमा यो संस्करणको आइपिएलमा उनको यात्राभने राम्रो रहेको थियो । उनले यस संस्करणमा ६ खेलबाट ८ विकेट लिएका थिय । तरपनी उनी पछिल्लो खेलमा भने बेञ्चमै रहँदै आएका थिए ।

सन्दिपले जारी आईपीएलमा अन्तिमपटक रोयल च्यालेन्जर्स बेग्लोरविरुद्ध खेलेका थिए । जुन खेलमा महँगो सावित भएका सन्दीपले ३ ओभर बलिङ गर्दै ३६ रन खर्चिएका थिए भने विकेट लिनबाट भने असफल रहेका थिए । यसपछि दिल्लीले खेलको चार खेलमा कुनैमा पनि सन्दीपले प्लेइङ इलाभेनमा स्थान बनाउन सकेनन् । सन्दीप रहेको टिम दिल्ली क्यापिटल्सले प्लेअफको दोस्रो क्वालिफयर राउण्डसम्मको यात्रा गर्दा सन्दीप सफल नै ठहरिएका थिए । उनको खेलको भारतीयहरुले समेत खुलेर प्रशंसा गरेका थिए ।

जारी आईपिएलमा शनिबार सम्पन्न खेलमा नेपाली युवा बलर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले लिएको ३ विकेट दिल्ली क्यापिटल्सको जितमा महत्वपूर्ण सावित भएको थियो । पछिल्ला २ खेलमा दिल्लीको अन्तिम ११ मा नपरेका सन्दीपले शनिबार पंजाब विरुद्धको खेलमा ४० रन खर्चदै ३ विकेट लिन सफल भएका थिए । दिल्लीले अलराउण्डर किमो पलको ठाउँमा बलिङका लागि उतारेको थियो । उनले त्यस खेलमा चार ओभर नै बलिङ गरेका थिए ।

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आफ्नो चौथो खेलमा दिल्ली क्यापिटल्सबाट खेलेका सन्दीप लामिछाने स्टाइलिस प्लेयर अफ द म्याच बन्दै एक लाख भारु पारीश्रमिक पाएका थिए ।

विश्वको चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) बाट सन्दिप लामिछाने खेलिरहेका छन् । त्यसो त आइपिएल खेल्ने नेपाली खेलाडी मध्य सन्दिप पहिलो हुन् ।  बंगलादेशमा सम्पन्न अन्डर नाइन्टिन विश्वकप क्रिकेटमा सनसनीपूर्ण प्रदर्शन गरेपछि उदीयमान युवा खेलाडीको रुपमा विश्व क्रिकेट जगतमा सन्दिपको चर्चा भएको थियो ।

नेपाली राष्ट्रिय टोलीको समेत महत्वपूर्ण सदस्य रहेका लामिछानेलाई फ्रेन्चाइज टोलीहरुकै विशेष अनुरोधमा पहिलोपटक आइपिएलको अक्सनमा समावेश गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);