आइपिएल: चेन्नइ सुपर किंग्सलाई हराउँदै मुम्बई सर्वाधिक सफल टिम बन्न सफल | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

आइपिएल: चेन्नइ सुपर किंग्सलाई हराउँदै मुम्बई सर्वाधिक सफल टिम बन्न सफल

ipl

काठमाडौं, ३० बैशाख । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आइतबार राति भएको फाइनल खेल मुम्बई इण्डियन्सले जितेको छ ।

चेन्नइ सुपर किंग्सलाई १ रनले हराउँदै मुम्बई आईपीएलको सर्वाधिक सफल टिम समेत बन्न सफल भयो । डिफेन्डिङ च्याम्पियन चेन्नईले तीन उपाधि जितेको छ भने मुम्बईले यो संस्करणसँगै उपाधि संख्या चार बनाएको छ ।टस जितेर ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा आठ विकेट गुमाउँदै १४९ रन बनाएको थियो । मुम्बईका लागि केइरन पोलार्डले सर्वा्धिक ४१ रन बनाएका थिए । उनले २५ बलमा तीन चौका र तीन छक्का प्रहार गरेका थिए । ओपनर क्वीन्टन डि ककले २९ रन बनाए भने इशान किसनले २३ रन, हार्दिक पाण्ड्याले १६ रन बनाए । रोहित शर्मा र सुर्यकुमार यादवले १५–१५ रन बनाए ।

बलिङतर्फ दिपक चहरले तीन विकेट लिए भने सादुएल यादव र इम्रान ताहिरले २–२ विकेट लिए ।१५० रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ७ विकेट गुमाउँदै १४८ रनमा अलआउट भयो । चेन्नईका लागि शेन वाट्सनले ८० रनको योगदान दिए । उनले ५९ बलमा आठ चौका र चार छक्का प्रहार गरेका थिए । फाफ डु प्लेसिसले २६ रन बनाए भने ड्वाइने ब्राबोले १५ रन जोडे । अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।बलिङतर्फ जस्प्रित बुम्राहले दुई विकेट लिए भने क्रुनाल पाण्ड्या, लसिथ मालिङ्गा र राहुल चहरले एक एक विकेट लिए । चेन्नईका दुई ब्याट्सम्यान रनआउट भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);