१३ औं साग खेलकुद प्रतियोगिताको लोगो सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

१३ औं साग खेलकुद प्रतियोगिताको लोगो सार्वजनिक

काठमाडौं, ३० बैशाख । सरकारले ‘१३ औं दक्षिण एशीयाली खेलकुद प्रतियोगिता–२०७६’ को लोगो सार्वजनिक गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ‘१३ औं दक्षिण एशीयाली खेलकुद प्रतियोगिता–२०७६’ को लोगो सार्वजनिक गरेको हो ।

सो प्रतियोगिताको कामलाई तीव्रता दिने गरी लोगो सार्वजनिक गरिएको युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले जानकारी दिनु भयो । कलाकार भोलानाथ पौडेलले तयार पार्नु भएको सो लोगोमा राखिएको परेवाको आकृति र त्यसमा प्रयुक्त रंगले शान्तिलाई दर्शाउँछ भने त्यसको पृष्ठभूमिमा राखिएको सोही रंगको रेखाले हाम्रो देशलाई प्रतिनिधित्व गराउने निश्चल हिमाललाई झल्काउँदछ ।

लोगोमा सार्क राष्ट्रहरुको प्रतिनिधित्व गराउन प्वाँखको सात आकृति समावेश गरिएको छ । मन्त्री विश्वकर्माले सो प्रतियोगिताको पूर्वाधार निर्माणको कामलाई पनि तीव्रता दिइएको बताउनु भयो ।

सरकारले सो खेलकुद प्रतियोगिताका लागि करिव ४ अरव खर्च लाग्ने अनुमान पनि गरेको छ । करिव ४ अरव खर्च सो प्रतियोगितामा लाग्ने अनुमान गरिएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिनु भयो । सो बजेटको व्यवस्थापनका लागि परिषदका उपाध्यक्ष पिताम्बार तिम्सिनाको संयोजकमा ५ सदस्यीय आर्थिक व्यवस्थापन समिति पनि गठन गरिएको छ ।

सरकारले सो प्रतियोगिता सम्पन्न गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा निर्देशन समिति तथा मन्त्री विश्वकर्माको अध्यक्षतामा व्यवस्थापन समिति गठन गरिसकेको छ । त्यस अन्तरगत रहने गरी अरु पनि विभिन्न समिति गठन गरिएको र सो प्रतियोगिताको कामलाई तीव्रता दिइएको युवा तथा युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);