हरेक २ वर्षमा राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना गर्ने मन्त्री विश्वकर्माको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

हरेक २ वर्षमा राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना गर्ने मन्त्री विश्वकर्माको घोषणा

mantri jagat bishwokarma

काठमाडौं, २६ साउन । सरकारले हरेक दुई वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले हरेक २ वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने घोषणा गर्नु भएको हो ।

आइतबार राष्ट्रिय खेलकुद परिषदले राजधानीमा आयोजना गरेको चालू आर्थिक वर्षको खेलकुद भौतिक पूर्वाधार तथा योजनासम्बन्धि गोष्ठीमा उहाँले खेलकुद प्रतियोगिता सबै प्रदेशमा चक्रीय प्रणाली अनुसार आयोजना गर्ने योजना रहेको उल्लेख गर्नुभयो ।

मन्त्री बिश्वकर्माले सबै प्रदेशको खेलकुद क्षेत्रको भौतिक पूर्वाधार निर्माण पनि हुने भएकाले सरकारले सबै प्रदेशमा चक्रीय प्रणाली अनुसार राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको स्पष्ट पार्नु भयो । उहाँले १३ औं दक्षिण एशीयाली खेलकुद प्रतियोगिताको तयारीको कामलाई तीब्रता दिन पनि मातहतका सबै निकायलाई आग्रह गर्नुभयो ।

मन्त्री विश्वकर्माले सरकारले खेलकुद क्षेत्रको विकासका लागि विद्यालय तहमा खेलकुद ग्रामको विकास गर्न चाहेको उल्लेख गर्नुभयो । कार्यक्रममा उहाँले राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीलाई सुशासनमा जोड दिन पनि निर्देशन दिनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);