अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने खेलकुद मन्त्रीको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने खेलकुद मन्त्रीको घोषणा

jagat bishwokarma

काठमाडौं, १७ पुस । सरकारले अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने घोषणा गरेको छ । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले अन्तर्राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता आयोजना हुनेगरी अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने घोषणा गरेका हुन् ।

मंगलबार मदन भण्डारी स्र्पोटस् एकेडेमीको १० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले सो रंगशाला निर्माणका लागि एक हजार रोपनी जग्गाको खोजी भईरहेको पनि जानकारी दिए । मन्त्री विश्वकर्माले खेलकुद क्षेत्रको विकासका लागि सरकारले सबै प्रदेशहरुमा १/१ वटा रंगशाला निर्माण गर्ने योजना कार्यान्वयनमा लागिएको बताए ।

मन्त्री विश्वकर्माले सबै स्थानीय तहमा ‘खेल ग्राम’ बनाउने कार्यविधि पनि तय गरिएको जानकारी दिए । सरकारले चालू आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा खेलग्राम स्थापना गर्ने योजना अघि सारेको थियो । मन्त्री विश्वकर्माले सोही योजनालाई साकार बनाउन सोसम्बन्धि कार्यविधि तय गरिएको पनि स्पष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);