अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माण कार्य सुरु : खेलकुदमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माण कार्य सुरु : खेलकुदमन्त्री

काठमाडौं, १७ जेठ । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले अन्तर्राष्ट्रिय क्रिकेट मैदान र सबै प्रदेशमा प्रादेशीक रंगशाला निर्माणको काम अघि बढेको बताएका छन् ।

मन्त्रालयले गत चैत्र २३ गते सार्वजनिक गरेको कार्ययोजनाको प्रगति विवरण सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री विश्वकर्माले प्रादेशीक रंगशाला र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माणको कामलाई अघि बढाइएको बताए ।

उनले दशरथ रंगशालाको मर्मत/सम्हार तथा स्तरोन्नतिका लागि मात्र १० करोड बजेट विनियोजन गरिएको स्पष्ट पारे । उनले खेलाडीहरुको सेवा र सुविधाका लागि सरकारले दुर्घटना विमा, स्वास्थ्य विमा र जीवन विमाको लागि पनि आवश्यक बजेटको व्यवस्था गरिएको जानकारी दिए ।

मन्त्री विश्वकर्माले संघीय ढाँचा अनुकूल हुनेगरी राष्ट्रिय खेलकुद नीतिको मस्यौदा तयार पारिएको बताए । युवा तथा खेलकुद मन्त्रालयले १२ वर्षे खेलकुद गुरुयोजना पनि तयार पारेको छ ।

मन्त्री विश्वकर्माले युथ भिजन, २०२५ को कार्यान्वयन कार्ययोजना पनि तय गरिएको जानकारी दिए । त्यसैगरी मन्त्रालयले राष्ट्रपति महिला उद्यम कार्यक्रम सञ्चालन कार्यविधि निर्माण गरेको, उपराष्ट्रपति युवा पुनस्र्थापना कार्यक्रम सञ्चालन कार्यविधि पनि स्विकृत गरिएको मन्त्री विश्वकर्माको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);