गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सरकारले सहयोग गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सरकारले सहयोग गर्ने

चितवन, २४ जेठ । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सरकारले सहयोग गर्ने बताउनुभएको छ ।

रंगशालाको निरीक्षण गर्दै मन्त्री विश्वकर्माले शुक्रबार गैरसरकारी क्षेत्रबाट समेत निर्माण गरिने यस्ता राष्ट्रिय गौरवका आयोजनाहरुमा सरकारको समेत सहभागिता रहने बताउनुभयो । राष्ट्रिय गौरवका आयोजना भएकोले कुनै पनि प्रकारका अवरोध खडा गर्न नहुने भन्दै भोलि आउने चुनौतीलाई समाधान गरेर छिटोभन्दा छिटो चितवनमा रंगशाला बनाउन सबैको सकारात्मक दृष्टिकोण भएको विश्वकर्माले बताउनुभयो ।

सरकारको मात्रै एकल प्रयासबाट ठूला संरचना बनाउन सम्भव नभएको उल्लेख गर्दै मन्त्री विश्वकर्माले जनता, सरकार र गैरसरकारी संघसंस्थाहरुको सहकार्यबाट राष्ट्रिय गौरवको आयोजना बनाउन सकिन्छ भन्ने उदाहरण यो रंगशाला बनेपछि देखिने बताउनु भयो । गत जेठ १५ गते विहानै रंगशालाको पश्चिम बारमा केही स्थानीयले डोजर लगाएपछि रंगशाला निर्माण कार्य प्रभावित बनेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);