तेस्रो संस्करणको प्रधानमन्त्री कप पुलिस क्लवले जित्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

तेस्रो संस्करणको प्रधानमन्त्री कप पुलिस क्लवले जित्यो

पुलिसद्वारा त्रिभुवन आर्मी क्लव ४ विकेटले पराजित

काठमाडौं, २५ जेठ । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । फाईनलमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै पुलिसले पहिलो पटक प्रतियोगिताको उपाधि उचालेको हो ।

शनिवार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा आर्मीले दिएको १ सय २६ रनको लक्ष्य पुलिसले ४० दशमलव ३ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । ओपनर सुनिल धमलाले ४२ रनको ईनिङ्स खेल्दै टोलीको उपाधि यात्रा तय गरे ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको आर्मीले ३३ दशमलव ३ ओभरमा अलआउट हुँदै १ सय २५ रन मात्र बनाउन सक्यो । प्रतियोगिताको तीनै संस्करणको फाईनल खेलेको आर्मीले उपाधि जित्न भने सकेन । दोश्रो संस्करणमा आर्मीलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपीएफले उपाधि उचालेको थियो ।

पहिलो संस्करणको उपाधि पुलिस र आर्मीले संयुक्त रुपमा बाँडेका थिए । उपाधिसंगै पुलिसले २० लाख रुपैयाँ प्राप्त गर्यो भने उपविजेता आर्मीले १० लाख रुपैयाँमा चित्त बुझाउनु परयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);