एपीएफ क्लब समुह विजेता हुदै प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

एपीएफ क्लब समुह विजेता हुदै प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

काठमाडौँ, १२ माघ । शसस्त्र प्रहरीको एपीएफ क्लव समुह एको विजेता हुदै प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।कीर्तिपुर क्रिकेट मैदानमा सोमबार त्रिभुवन आर्मी क्लबमाथि ६ रनको रोमाञ्चक जित हातपार्दै एपीएफ क्लव समुह एको विजेता भएर सेमिफाइनलमा पुगेको हो ।

हारपछि त्रिभुवन आर्मी समुह ए को उपविजेताका रुपमा अन्तिम चारमा प्रवेश गरेको छ । या खेलमा पहिले ब्याटिङ गरेको एपीएफले ४९ दशमलव तीन ओभरमा दुई सय ४० रन बनाउँदा सबै विकेट गुमायो । एपिएफका सुमित महर्जनले ४६, सुवास खकुरेलले ३८ र कप्तान शरद भेषवाकर २४ रन बनाए ।

आर्र्मीका हरी चौहानले पाँच तथा साहाब आलमले दुई विकेट लिए । जवाफमा आर्मीले ५० ओभरमा आठ विकेट गुमाउँदा दुई सय ३४ रन बनायो सोमबा नै नेपाल पुलिस क्लबले पनि प्रधानमन्त्री क्रिकेटको सेमिफाइनलमा स्थान सुु्रक्षित गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा सोमबार प्रदेश २ लाई ४ विकेटले पराजित गर्दै पुलिस समूह ’बी’ उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । यो समुहबाट विजेता बन्दै बागमती प्रदेश सेमिफाइनलमा पुगेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);