प्रधानमन्त्री कप : गण्डकीलाई ७ रनमा समेटेर प्रदेश एक सेमिफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

प्रधानमन्त्री कप : गण्डकीलाई ७ रनमा समेटेर प्रदेश एक सेमिफाइनलमा

दाङ, १६ पुष । गण्डकी प्रदेशलाई एक सय ४० रनको फराकिलो अन्तरले हराउँदै प्रदेश एक प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको समुह बीको विजेता भएर सेमिफाइनलमा पुगेको छ ।

दाङको लमही क्रिकेट मैदानमा बिहिबार गण्डकीलाई मात्र ७ रनमा समेटेर प्रदेश १ले १ सय ४० रनको फराकिलो जित हार पारेको हो । टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा मात्र एक विकेट गुमाउँदै १ सय ४७ रन बनायो । उसका लागि विकेटकिपर काजल श्रेष्ठले ५२ र रोमा थापाले ५१ रन बनाए ।

जवाफमा प्रदेश एककी संगिता राइले ५ तथा शबनम राइले ४ विकेट लिएपछि गण्डकी प्रदेश ८ ओभरमा मात्र ७ रनमा समेटियो । गण्डकीका २ खेलाडी मात्र खाता खोल्न सफल भए । जितसंगै ३ खेलबाट ६ अंक जोडेर प्रदेश १ समुह बीको विजेता भएर सेमिफाइनलमा पुगेको छ ।

बिहिबार नै समुह बी अन्तर्गत बागमतीलाई २८ रनले हराएर सुदुरपश्चिम प्रदेश पनि समुह उपविजेता भएर सेमिफाइनलमा पुगेको छ । यो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ११ ओभरमा झारिएको खेलमा ४ विकेट गुमाउँदै ७६ रन बनायो । सुदूरपश्चिमका लागि डली भट्ट सर्वाधिक २८ रनमा अविजित रहिन् । बागमतीकी आरती विडारीले ३ र निसा तामाङले १ विकेट लिइन् ।

जवाफमा बागमती ११ ओभरमा ९ विकेट गुमाउँदै ४८ रनमात्र बनायो । बागमतीका लागि सुमन खतिवडाले सर्वाधिक २७ रन बनाइन् । बागमतका सात खेलाडीले खाता खोल्न सकेनन् । बागमतीलाइ ४८ रनमा रोक्न सुदुर पश्चिमकी कविता जोशीले ५ विकेट लिइन् । समूह ए बाट शसस्त्र प्रहरीको एपिएफ र लुम्बिी प्रदेश सेमीफाइनलमा पुगिसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);