म्यानचेस्टर युनाइटेडका फरवार्ड काभानीलाई तीन खेलको प्रतिबन्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

म्यानचेस्टर युनाइटेडका फरवार्ड काभानीलाई तीन खेलको प्रतिबन्ध

एजेन्सी, १७ पुष । म्यान्चेष्टर युनाईटेडका फरवार्ड ईडिन्सन काभानी तीन खेलको प्रतिबन्धमा परेका छन् । उनलाई तीन खेलको प्रतिबन्ध सहित १ लाख पाउण्ड सहितको आर्थिक जरिवाना गरिएको छ ।

सामाजिक सञ्जालमा रंगभेदी शब्दको प्रयोग गरेर पोस्ट गरेको भन्दै ३ खेलको प्रतिबन्ध सहित १ मिलियन पाउण्ड आर्थिक जरिवाना गरिएको हो । ३३ वर्षिया उरुग्वेका फरवार्डले अपमानजनक र अनुचित शब्द उपयोग गरेको आरोपमा फुटबल एसोसियनले दोषी ठहर गरेको हो ।

काभानीले गत नोभेम्बर २९ मा साउथह्याम्टनविरुद्ध गोल गरेपछि सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए । विवादमा आएपछि काभानीले पोस्टलाई हटाएर माफी समेत मागेका थिए । प्रतिबन्धका कारण काभानीले नयाँ वर्षको दिनको प्रिमियर लिगमा एस्टन भिल्लाविरुद्धको खेल खेल्न नपाउने भएका छन ।

यस्तै, इग्लिस प्रिमियर लिग ईपीएल कपको सेमिफाईनलमा म्यान्चेष्टर सिटी र एफए कपको तेस्रो चरणको खेलमा वाटफोर्डविरुद्ध काभानीले खेल्न पाउने छैनन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);