फुलहमसँग म्यानचेस्टर युनाईटेड बराबरीमा रोकियो | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

फुलहमसँग म्यानचेस्टर युनाईटेड बराबरीमा रोकियो

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड बराबरीमा रोकिएको छ ।

मंगलबार राति भएको खेलमा युनाईटेड फुलहमसँग १–१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा सुरुवाती गोलको अग्रता जोगाउन नसक्दा युनाईटेड अंक बाड्नु परेको हो ।

ओल्ड ट्राफोर्डमा १५ औं मिनेटमा एडिन्सन काभानीले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए । तर, खेलको ७६ औं मिनेटमा जोइ ब्रायनले गोल गर्दै फुलहमलाई १–१ गोलको बराबरीमा फर्काए ।

यस बराबरीसँगै युनाईटेडले ३७ खेलमा ७१ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा यथावत रहेको छ । भने फुलहम २८ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।

त्यर्सैगरी मंगलबार राति भएको अर्को खेलमा लिड्सले साउथह्याम्पटनलाई २–० ले पराजित गरेको छ । लिड्सको जितमा प्याट्रिक बामफोर्ड र टेलर रोबर्ट्सले एक÷एक गोल गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);