इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलको जित | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलको जित

एजेन्सी, १७ कार्तिक । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकालेको छ ।

आइतबार राति भएको खेलमा आर्सनलले म्यानचेस्टर युनाईटेडलाई १–० गोल अन्तरले पराजित गर्दै जित निकालेको हो ।

युनाईटेडको मैदानमा आर्सनललाई जित दिलाउन पिएरे इमिरिक औबामियाङले निर्णायक गोल गरे । ओल्ड ट्राफोर्डमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६९ औं मिनेटमा औबामियाङले पेनाल्टीबाट निर्णायक गोल गरेका हुन् ।

त्यस बाहेक दुबै टिमले गोलको अन्य केहि अवसर खेर फालेका थिए । जितसँगै आर्सनलले ७ खेलमा १२ अंक जोड्दै तालिकाको आठौं स्थानमा रहेको छ ।

युनाईटेड भने ६ खेलमा ७ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);