स्पेनिस ला लिगामा बार्सिलोना बराबरीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

स्पेनिस ला लिगामा बार्सिलोना बराबरीमा

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोना एथ्लेटिक बिल्बाओसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

बिल्बाओको मैदानमा मेम्फिस डिपेले गोल गरेपछि बार्सिलोना हारबाट जोगिएको हो । खेलको ५० औं मिनेटमा इनिगो मार्टिनेजले गोल गर्दै बिल्बाओलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ७५ औं मिनेटमा मेम्फिसले गोल गर्दै बार्सिलोनालाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

यस्तै खेलको इन्जुरी समयमा ईरिक ग्रासियाले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो । यस बराबरीसँगै बार्सिलोनाले २ खेलमा ४ अंक जोडेको छ । बार्सिलोना शीर्ष स्थानमा रहेको छ ।

बिल्बाओ २ खेलमा २ अंक जोडेर तालिकाको नवौं स्थानमा रहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);